अमेरिकाले रुसलाई युद्धतर्फ लैजादै छ- पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसलाई युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेन संकटले अमेरिका र रुसबीच तनाव बढिरहेका बेला पुटिनले अमेरिकाले रुसलाई युद्ध तर्फ लैजादै गरेको टिप्पणी गरेका हुन् ।
पुटिनले आफ्नो पहिलो र अत्यन्तै महत्वपूर्ण टिप्पणीमा अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउने भएको भन्दै यस विवादको फाइदा उठाउँदै आएको बताएका छन् ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानसँगको भेटवार्तापछि पुटिनले अमेरिकाले युरोपमा नेटोको बारेमा रुसको चासोलाई पनि बेवास्ता गरिरहेको बताए । उनले अमेरिकाको मुख्य चासो रुसको विकास रोक्नु भएको बताउदै युक्रेनलाई अहिले प्रयोग गरिरहेको बताए ।
यद्यपि यो पनि सत्य हो कि युक्रेनको सिमानामा करिब एक लाख रुसी सैनिक तैनाथ छन् र यसका कारण युद्धको सम्भावना छ । यी सैनिकहरूसँग सबै प्रकारका युद्ध ट्याङ्कहरू, गोला बारूदहरू पनि छन् ।
यसैबीच युरोपेली मुलुक र अमेरिकाले युक्रेनलाई निरन्तर समर्थन दिइरहेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसविरुद्ध सहयोग गर्न तयार रहेका पश्चिमी देशहरूको प्रशंसा गरेका छन् ।
संसदमा बोल्दै उनले भने- ‘यो २०१४ पछि युक्रेनको लागि सबैभन्दा ठूलो समर्थन हो ।’
युक्रेनका राष्ट्रपतिले संसदलाई भने कि बेलायत र पोल्याण्डसँग नयाँ प्रकारको राजनीतिक साझेदारीको लागि वार्ता भइरहेको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यो साझेदारीले व्यापार, लगानी र ऊर्जालाई सुरक्षाका साथै समेट्ने बताए ।
यसैबीच, शीर्ष अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन संकटको बारेमा नयाँ वार्ता गर्न लागेका छन् ।
रुसको सेनालाई युक्रेनसँग तुलना गर्ने हो भने रुस निकै अगाडि छ । जहाँ रुसको करिब ९ लाख सक्रिय सैनिक छन् भने युक्रेनको यो संख्या केबल २ लाख छ ।