युक्रेन संकटमा रुसले ल्यायो यस्तो हतियार, अमेरिकासँग पनि छैन तोड
रुस र युक्रेनबीच युद्धको स्थिति निर्माण भएपछि संसार नै तनावमा परेको छ । सैन्य भिडन्त रोक्नका लागि अमेरिका र रुसबीच लगातार कुराकानी भइरहेको छ । तर त्यसको निष्कर्ष ननिस्कँदा रुस र नेटो दुवैले घातक हातहतियार तैनाथी बढाएका छन् ।
यसैबीच रुसले तैनाथ गरेको युरेन–९ स्ट्राइक रोबोट ट्यांकले पश्चिमलाई तर्साएको छ । युरेन–९ क्यामरा र कृत्रिम बौद्धिकतामार्फत लक्ष्यलाई ट्य्राक गर्छ । यसलाई तीन किलोमिटर टाढाबाट सञ्चालन गर्न सकिन्छ ।
त्यसबाहेक रुसले घातक बीएमपीटी टर्मिनेटर ट्यांक पनि तैनाथ गरेको छ । यो ट्यांक सपोर्ट फाइटिङ भेहिकल हो । यसले गोला बर्साउनुका साथै शत्रुहरूहरूको हेलिकप्टर र कम गतिको विमानलाई पनि खसाउन सक्छ ।
रुसले ल्यान्सेट कामिकेज ड्रोन पनि युक्रेन सीमामा तैनाथ गरेको छ । यो हतियार उड्ने बारुदी सुरुङ हो । यसलाई कालास्निकोभ पनि भनिन्छ ।
ल्यान्सेट टर्कीमा बनेको अनि युक्रेनले चलाइरहेको बायरकटार ड्रोनभन्दा दुईगुणा तीव्र गतिमा उड्छ । रुसका यी हतियारहरुको तोड अमेरिकासँग पनि नरहेको बताइन्छ ।