पर्याप्त रकम भएका अभिभावका शिशुको दिमागको विकास तीव्र : अध्ययन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo; Betterhumans

यो सबैले अनुभव गरेको विषय हो की कुनै पनि अभिभावकको आम्दानीको स्रोत पर्याप्त भएमा त्यसबाट सन्तानले पनि फाइदा लिन्छन् ।

पर्याप्त रकमले शिशुका हरेक आवश्यकता पुरा हुन्छ र उनीहरू केही हदसम्म खुसी हुन्छन् । तर, पछिल्लो एक अध्ययनले अभिभावकको प्रशस्त आम्दानीलाई शिशुको दिमागको विकाससँग जोडेको छ ।

‘गरिबीमा हुर्किएका बालबालिकामा विद्यालयमा उपलब्धि न्यून हुने, पैसा कम हुने र कमजोर स्वास्थ्यको जोखिम देखिन्छ,’ कोलम्बिया युनिभर्सिटीका स्नायु वैज्ञानिक किम्बर्ली नोबल भन्छन् । अध्ययनका लागि १ हजारभन्दा न्युन आय भएका आमाहरूलाई उनीहरूको शिशु जन्मिने वित्तिकै सहभागी गराइएको थियो ।

न्युयोर्क सिटी, न्यु ओलिन्स, ओमाहा र सेन्ट पाउलका अभिभावकहरूलाई अध्ययनमा छनौट गरिएको थियो । ४ वर्षसम्म बच्चा हुर्काउन उनीहरूमध्ये कसैलाई प्रति महिना ३३३ अमेरिकी डलर र कोहीलाई २० अमेरिकी डलर दिइएको थियो ।

अध्ययनका क्रममा न्युन आय भएका तर बढी रकम पाएका (३३३ डलर) आमाका बच्चाहरूको दिमागको आवृत्ति न्युन रकम पाएका अभिभावको सन्तानको तुनलामा बढी देखिएको थियो ।

उच्च दिमागको गतिविधिले बच्चाको राम्रो संज्ञानात्मक विकास हुने/नहुने बारेमा भने थप अध्ययन आवश्यक भएको जनाइएको छ । सो अध्ययन पीएनएएसमा प्रकाशित छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us