भारतमा कार दुर्घटना हुँदा सात जना मेडिकल विद्यार्थीको घटनास्थलमै मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Google

नयाँ दिल्ली । भारतको महाराष्ट्रको सेलसुरा भन्ने स्थानमा सोमबार राति भएको कार दुर्घटनामा परेर मेडिकल पढिरहेका सात जना विद्यार्थीको निधन भएको छ ।

ती विद्यार्थी राति करिब १२ सवांगी मेडिकल कलेजतर्फ कारमा जाँदै गर्दा दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा अविष्कार रहांगदाले, निरज चौहान, नितेश सिंह, विवेक नंदन, शुभम जयसवाल र पवन शक्ति भएको स्थानीय प्रहरीले बताएको छ । रहांगदाले भाजपाका विधायक विजय रहांगदालेका छोरा हुन् ।

उनीहरु सबै सवांगीको मेडिकल कलेजमा अध्ययनरत थिए । राति कलेजतर्फ जाँदै गर्दा वर्धा भन्ने स्थानको पुलबाट कार तल झरेर दुर्घटना भएको हो । स्थानीय प्रहरीले अचानक जंगली जनावर सडकमा आएपछि बचाउने क्रममा कार पुलबाट तल झरेको हुनसक्ने बतााएको छ ।

दुर्घटनाग्रस्त कार पूर्ण क्षतिग्रस्त भएको र सातै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us