भूमध्यसागरमा अमेरिकाको विमानवाहक युद्धपोतले अभ्यास गर्ने, रुसलाई सन्देश

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Defensehere

आणविक ऊर्जाबाट चल्ने अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस ह्यारी एस ट्रुम्यानले यसै साता भूमध्यसागरमा हुने नेटोको सैन्य अभ्यास नेप्चुन स्ट्राइक २२ मा भाग लिने अमेरिकाका रक्षा मन्त्रालय पेन्टागनले घोषणा गरेको छ ।

बाह्र दिने अभ्यास सोमवारबाट शुरू हुँदैछ र यसले नेटोको प्रतिरक्षा तथा निवारण क्षमतालाई बढाउने पेन्टागनका प्रवक्ता जोन कर्बीले शुक्रवार पत्रकारहरूलाई बताए । ट्रुम्यान र स्ट्राइक ग्रुपलाई नेटो अपरेसनल कन्ट्रोलअन्तर्गत राखिने भए पनि अभ्यासको समग्र कमान्ड भाइस एड्मिरल युजिन एच ब्ल्याक थर्डले गर्नेछन् । उनी अमेरिकी जलसेनाको सिक्स्थ फ्लीटका कमान्डर हुन् ।

कर्बीले नेप्चुन स्ट्राइक लामो समयदेखि योजना बनाइएको गतिविधि भएको र रुससँग अहिले चलिरहेको तनावसित यसको साइनो नभएको बताए । ‘युक्रेनमा विकसित हुन सक्ने परिस्थितिविरुद्ध यो अभ्यास डिजाइन गरिएको हैन तर हामीले सुधार गर्न सक्ने जलक्षेत्रीय क्षमताको परीक्षण गर्नका लागि हो,’ कर्बीले बताए ।

तर युक्रेन तनाव चलिरहेकै बेलामा नेटोको सैन्य अभ्यास रुसलाई सन्देश दिने उद्देश्यले नै गरिएको देखिन्छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले ट्रुम्यानको सहभागिता पराआन्ध्रीय एकताको बलियो संकेत भएको भन्दै स्वागत गरे । साझेदारहरूको सुरक्षा तथा रक्षाका लागि आवश्यक सबै काम नेटोले सदैव गर्ने पनि उनले बताए ।

एजेन्सी

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us