ज्वालामुखी विस्फोटको ५ दिनपछि टोंगा पुग्यो वैदेशिक राहत

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Stuff

शनिबारको ज्वालामुखी विस्फोटन र त्यसपछिको सुनामीले क्षतिग्रस्त प्रशान्त महासागरस्थित टापु मुलुक टोंगामा राहत सामग्री बोकेका विदेशी विमान अवतरण भएका छन् । न्युजिल्यान्डले आफ्नो सैन्य विमान टोंगाको प्रमुख विमानस्थलमा अवतरण भएको बताइएको छ। त्यसअघि धावनमार्गबाट खरानी हटाइएको थियो।

अस्ट्रेलियाको विमान पनि राहत सामग्री लिएर त्यहाँ पुगेको छ। ज्वालामुखी विस्फोटपछि सबैतिर खरानीले ढाकिएपछि राहत तथा उद्धाको प्रयास असफल भएको थियो।

ज्वालामुखीपछि बाह्य संसारसँग सञ्चार सम्पर्क टुटेको थियो। पाँच दिनपछि आएर केही मात्रामा सञ्चार सम्पर्क स्थापित भएको छ।

न्युजिल्यान्डको एक नौसैनिक पानीजहाज नै खानेपानी बोकेर बिहीबार टोंगा पुग्दैछ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us