इन्डोनेसियाको राजधानी अब जकार्ता नरहने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

इन्डोनेसियाको राजधानी अब फेरिने भएको छ । इन्डोनेसियाको संसदले एक विधेयक पारित गरेसँगै बोर्नियो द्वीपमा नयाँ राजधानी बनाउन लागिएको हो । वर्तमान राजधानी जकार्ता ट्राफिक जाम, वायु प्रदुषण र बाढीले प्रभावित भइरहने हुनाले नयाँ राजधानी बनाइन लागेको हो ।

यद्यपि जकार्ता इन्डोनेसियाको वाणिज्य तथा वित्तीय केन्द्र बन्नेछ । बोर्नियो द्वीपमा सहर निर्माणका लागि तीस अर्ब डलरभन्दा धेरै लागत लगाइनेछ। नयाँ सहरलाई नुसान्तरा भनिनेछ, जसको अर्थ हाे- द्वीपसमूह ।

यो नयाँ नाम राष्ट्रपति जोको विडोडोले सुझाएका हुन् । उनले ८० भन्दा धेरै विकल्पबाट नामकरण गरेका हुन् । विडाेडाेले सन् २०१९ मा राजधानी सार्ने घाेषणा गरेका थिए।

राष्ट्रिय विकास योजनामन्त्री सुहार्सो मोनोरफाका अनुसार यस नामले इन्डोनेसियाको भूगोललाई दर्शाउँछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us