सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, सेनाको गोली लागेर सातको मृत्यु
सुडान। सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो ।
प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरी सेनाले सत्ता लिएको थियो ।
प्रदर्शनकै क्रममा प्रर्दशनकारीहरुले नागरिक शासनको माग गर्दै सेना बिरुद्ध चर्को नारा लगाएका छन् । सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बाली सडक अवरुद्ध गरेका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानको सैनिक कु का बिषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ। सुडानमा गत बर्ष देखि सुरु भएको सेना बिरुद्धको प्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन्।