रूसी नेता पुटिन र इरानी राष्ट्रपतिबीच अर्को हप्ता मस्कोमा भेटवार्ता हुने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Lokpath

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे रूसी प्रसारक रोसिया–१ ले आइतबार सो जानकारी दिएको हो ।

सन् २०२० को अगस्टमा राईसीले इरानको राष्ट्रपतिको रूपमा शपथ लिएपछि यी दुई नेताबीचको यो पहिलो आधिकारिक वार्ता हुनेछ ।

डिसेम्बर महिनाको सुरुमा एक पत्रकार सम्मेलनमा रूसी नेता पुटिनले नयाँ इरानी राष्ट्रपतिलाई सन् २०२२ को जनवरीमा मस्को भ्रमण गर्न आमन्त्रित गरेको जानकारी गराएका थिए । उनीहरूबीच गत नोभेम्बरमा टेलिफोन वार्ता भएको थियो ।

दुई नेताबीच रूस–इरानबीचको कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउने, खाडी क्षेत्र, सिरियालगायतका मध्यपूर्वमा रहेका देशहरूको सुरक्षालगायत विविध विषयमा छलफल हुने बताइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us