पाकिस्तानमा भारी हिमपात, अहिलेसम्म २१ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको बताएका छन् । स्थानीय मिडिया जियो टिभीका अनुसार पाकिस्तानमा पछिल्लो १५-२० बर्षको सबैभन्दा भारी हिमपात परेको छ ।
‘पहाडको रानी’ भनेर चिनिने मारी हिल स्टेशन हिमपातका कारण सडकमा सवारी साधनहरु अवरुद्ध भएका छन् भने हजारौं मानिस चिसोमा सडकमै रात बिताउन बाध्य भएका छन् । यस क्षेत्रमा पर्यटक ठुलो संख्यामा पुग्ने गर्दछन् । मिडिया रिपोर्टका अनुसार अहिले यस क्षेत्रमा पर्यटकको प्रवेशमा रोक लगाइएको छ । सरकारले इस्लामाबाद-मारी राष्ट्रिय राजमार्ग बन्द गरेको छ र मुरी र वरपरका जिल्लाहरूमा आपतकालीन अवस्था लागू गरेको छ।
प्रशासनलाई राहत र उद्धार कार्यमा सेना र अर्धसैनिक बलको सहयोग लिइएको छ ।
पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिदले भनेका छन्, “१५-२० वर्षपछि यति ठूलो संख्यामा पर्यटक पाकिस्तान गएका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको छ। त्यसले गर्दा हामीले त्यहाँ जान सबै बाटोमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था छ। त्यहाँ सडकमा हजारौं सवारी साधन अड्किएका छन्, हामी तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छौं । अहिले राशन र राहत कार्यका लागि अत्यावश्यक वस्तु बोकेका सवारीसाधनलाई मात्र त्यहाँ जान अनुमति दिइएको छ।”
आन्तरिक मन्त्री रशिदले अहिलेसम्म एक हजार सवारी साधनलाई सो क्षेत्रबाट अन्यत्र सारिएको बताएका छन् ।