दिल्लीमा ५५ घण्टे कर्फ्यू शुरू, घरबाहिर निस्कन निषेध

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Google

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि ५५ घण्टे सप्ताहन्त कर्फ्यू शुरू भएको छ ।

कोरोना नियन्त्रणका लागि शुक्रवार राति १० बजेदेखि सोमवार बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने छ । यसअघि क्रममा घरबाहिर निस्कन समेत निषेध गरिएको छ । अत्यावश्यक क्षेत्रबाहेक घरबाहिर निस्किन प्रशासनबाट पास लिनुपर्ने भएको छ ।

दिल्लीमा पछिल्लो २४ घण्टामा १७ हजार ३३५ थप संक्रमित फेला परेका छन् । संक्रमण दर १७.७३ प्रतिशत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाले दिल्लीमा थप ९ जनाको मृत्यु भएको छ ।

दिल्ली सरकारले कर्फ्यूका क्रममा सरकारी कार्यालय, अदालत, अस्पताल, एयरपोर्ट, रेल्वे स्टेसन, बसपार्क र परीक्षासँग सम्बन्धित व्यक्तिलाई छुट दिएको छ भने अत्यावश्यक भएमा डीएम कार्यालयबाट ई–पास बनाउनुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us