पञ्जाबमा मोदीले किन भने– म जिउँदै फर्किएँ, मुख्यमन्त्रीलाई धन्यवाद भनिदिनू

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Lokaantar

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार पञ्जाब भ्रमणमा पुग्दा सुरक्षा व्यवस्थामा ठूलो चुक देखिएको छ । केन्द्र सरकारले पञ्जाब सरकारलाई यसको दोष लगाएको र रिपोर्ट समेत मागेको छ ।

‘हुसेनवालामा राष्ट्रिय शहीद स्मारकबाट लगभग ३० किलोमिटर पर प्रधानमन्त्रीको जत्था फ्लाइओभरमा पुग्दा केही विरोध प्रदर्शनकारीले सडक अवरोध गरेको पाइयो । प्रधानमन्त्री मोदी फ्लाईओभरमा लगभग २० मिनेट अड्किनुपरेको थियो । प्रधानमन्त्रीको सुरक्षामा ठूलै चुक भएको छ,’ केन्द्रीय गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर बतायो ।

पछि मोदीले पञ्जाबका विमानस्थल अधिकारीहरूलाई यसो भने, ‘म जिउँदै फर्कें, त्यसका लागि मुख्यमन्त्रीज्यूलाई धन्यवाद भनिदिनू ।’ केन्द्र सरकारका स्रोतहरूका अनुसार, पञ्जाब प्रहरीलाई मात्र प्रधानमन्त्री हिँड्ने रुटका बारेमा थाहा थियो । उनीहरूको मिलेमतो प्रदर्शनकारीहरूसँग हुन सक्छ ।’

प्रधानमन्त्री मोदीले भटिन्डा विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकप्टर चढेर हुसेनवाला जाने कार्यक्रम थियो । तर मौसम खराब भएपछि योजना बदलियो । त्यसपछि प्रधानमन्त्रीलाई राष्ट्रिय शहीद स्मारकसम्म सडकको बाटो भएर जाने योजना बन्यो । त्यो यात्रा दुई घन्टाभन्दा बढीको छ ।

पञ्जाब प्रहरीसँग सुरक्षा प्रबन्ध मिलाएपछि प्रधानमन्त्रीलाई यात्रा गराइएको थियो । तर विरोध प्रदर्शनका कारण प्रधानमन्त्रीको गाडी रोक्नुपरेकाले त्यसमा ठूलो चुक भेटियो । पञ्जाब सरकारले बाटोमा भैरपरिआउने समस्याको पूवैयोजना नबनाएको बताइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us