जन्म कैदको सजाय तोकिन लागेका हत्यारालाई न्यायाधीशले चुम्बन गरेको भिडियाे भाइरल

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Webtvkhabar

व्युनस आर्यस । अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरी हत्याका अभियोगीलाई चुम्बन गरेको र उनलाई जन्म कैदको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चुम्बन गरेकी देखिन्छन् । मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चुम्बन गरेकी हुन् ।

एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले प्रहरी अधिकारीको हत्या गरेको अभियोग लागेका बुस्टोसमाथि हुने सम्भावित जन्म कैदको सजायबारे छलफल गरेको थियो । प्यानलमा सुअरेज पनि थिइन् । बुस्टोसले सन् २००९ मा प्रहरी अधिकारीको हत्या गरेका थिए । सुअरेज बुस्टोसलाई जन्म कैदविरुद्ध बोल्ने एक मात्र न्यायाधीश थिइन् । बुस्टोस निकै खतरनाक कैदी भएको प्यानलका अन्य सदस्यहरुले बताएका थिए ।

अपराधीसँग चुम्बन गरेको भिडियो फुटेज सार्वजनिक भएपछि सुअरेज पनि अनुसन्धानको घेरामा तानिएकी छिन् । उनीमाथि फैसला गर्न प्रतिबन्ध लगाइने र सर्वोच्च अदालतले छानविन सुरु गरेको छ । सुअरेजले अस्वाभाविक व्यवहार देखाएको सर्वोच्चले एक विज्ञप्तिमा जनाएको छ । ‘न्यायाधीश र हत्याको दोषी ठहर भएका कैदीबीचको निकटताको घटनाबारे सर्वोच्चले अनुसन्धान सुरु गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । कैदीसँगको भेटबारे न्यायाधीशले कुनै टिप्पणी नगरेको इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us