पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तिरे ९८ लाख कर, आम्दानी बढेको भन्दै बहस

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Google

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले २०१९ मा तिरेको करको विवरण सार्बजनिक भएको छ ।

प्रधानमन्त्री खानले २०१९ मा ९८ लाख कर तिरेको पाकिस्तानको कर एजेन्सी एफबीआरले विवरण सार्वजनिक गरेको हो । सन् २०१९ को कर निर्देशिका अनुसार प्रधानमन्त्री खानको आम्दानी ४.३५ करोड रुपैयाँ रहेको छ । उनले सन् २०१९ मा ९८.५४ लाख कर तिरेका छन् । एफबीआरको सूचीमा दिइएको जानकारी अनुसार प्रधानमन्त्रीको सामान्य आम्दानी ३ अर्ब ८९ करोड रहेको छ भने अनुमानित आम्दानी २२ करोड २१ लाख रहेको छ । उनको कृषि आम्दानी २३.६४ लाख रुपैयाँ रहेको बताइएको छ ।

सन् २०१८ को एफबीआरको रिपोर्ट हेर्दा इमरान खान एनए ९५ सिटबाट संसदमा निर्वाचित हुँदा २ लाख ८२ हजार कर तिरेका थिए । तर २०१७ मा इमरान खानले १.०३ लाख रुपैयाँ आयकर तिरेका थिए ।

एफबीआरले विगत ६ वर्षदेखि सांसदको आयकरको विवरण सार्वजनिक गर्दै आएको छ । गत वर्ष सांसदहरुले तिर्नुपर्ने आयकरका अतिरिक्त एफबीआरले पहिलो पटक उनीहरुको आम्दानी, अनुमानित आम्दानी र कृषि आम्दानीको विवरण पनि सार्वजनिक गरेको हो । अनुमानित कर भन्नाले निश्चित हदसम्म असुली भइसकेपछि कर कटौती गरी सम्बन्धित व्यक्तिको आम्दानी अनुमान गरिने कर हो ।

कर विवरण सार्बजनिक भएपछि प्रधानमन्त्री खानको आम्दानी बढेको प्रति अहिले पाकिस्तानमा तिब्र बहस भैरहेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us