मोदीलाई कालो झण्डा देखाउने महिलालाई गोली प्रहार !
काठमाडौँ । भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिला रीता यादवलाई सोमबार अज्ञात समूहले गोली प्रहार गरिएको छ ।
गोली उनको खुट्टामा लागेको थियो, त्यसपछि घाइते अवस्थामा उनलाई नजिकको सिएचसी लम्बुवा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पतालमा अहिले उपचार भैरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यादवले सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा भनेकी छन्- ‘म पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर जाँदै थिएँ, त्यही क्रममा लम्बुवा नजिकै तीनजनाले ओभरटेक गरेर मेरो बोलेरो रोकेर गालीगलौज गरेका थिए । उनीहरुले मार्ने धम्की समेत दिएका थिए । उनीहरुले मेरो चालकको निधारमा पेस्तोल राखें, जब मैले उसलाई थप्पड हाने, उसले मलाई गोली हान्यो। गोली मेरो खुट्टामा लागेको थियो र त्यतिन्जेलसम्म उनीहरू भागेका थिए ।’
मङ्सिर १६ गते प्रधानमन्त्री मोदीले पूर्वाञ्चल द्रुतमार्गको उद्घाटन गर्दै जिल्लाको कुरेभारस्थित अरवलकिरीमा सभा गरिरहँदा रीता यादवले उनलाई कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो र दुई दिनको जेल बसाईपछि उनी धरौटीमा रिहा भएकी थिइन् ।
सो घटनापछि एक महिनासम्म समाजवादी पार्टीमा बसेकी थिइन्, तर १७ डिसेम्बरमा कांग्रेस पार्टीमा सामेल भएकी थिइन् ।