कोरोना संक्रमित बढेपछि विद्यालय जनवरी अन्तिमसम्म बन्द

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Webtvkhabar

नयाँ दिल्ली । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि मुम्बईमा सोमबारदेखि नै एक महिनासम्म विद्यालय बन्द गरिएको छ ।

बृहत् मुम्बई नगर निगमले सोमबार आदेश जारी गर्दै कक्षा १ देखि ९ कक्षासम्मको पढाई ३१ जनवरीसम्मका लागि बन्द गरेको हो । कक्षा १० देखि १२ सम्मको पढाई भने चालु रहने आदेशमा उल्लेख छ ।

मुम्बईमा आइतबार एकैदिन ८ हजार कोरोना संक्रमित बढेका थिए । नोभेम्बरमा ६ हजार १२५ वटा मात्र कोरोना संक्रमित थपिएको मुम्बईमा डिसेम्बरमा भने २१ हजार ५८५ संक्रमित भए ।

९ कक्षा माथिका विद्यार्थीलाई भने निरन्तर खोप दिइने भएको छ । भारतमा सोमबारबाट १५ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

मुम्बईमा जनवरीभरिमा सो उमेर समूहका ४ लाख बढी विद्यार्थीलाई खोप लगाउने योजना छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us