भारतमा एकै दिन ३३ हजार कोरोना संक्रमित, १२३ जनाको मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Nepalkhabar

काठमाडौँ । छिमेकी मुलुक भारतमा हरेक दिन कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने १२३ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकै दिन १० हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २३ राज्यमा ओमिक्रोन भेरिएन्टका १७०० केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या एक लाख ४५ हजार नाघेको छ । अहिले भारतमा एक लाख ४५ हजार ५८२ सक्रिय केस रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८१ हजार ८९३ जनाको मृत्यु भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us