वर्डफ्लुका कारण फ्रान्समा छ लाखभन्दा बढी पक्षी मारियो
फ्रान्समा करिब छ लाख ५० हजार पक्षीहरू मारिएको छ । वर्डफ्लु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पक्षीहरू मार्न लगाएको हो । पक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
फ्रान्समा सन् २०१५ देखि वर्डफ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ । महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पंक्षी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ ।
फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्डफ्ल्युको महामारी आउने खतरा देखिएको छ । कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला वर्ड फ्ल्यु भाइरसको महामारीले पिडा थपेको हो ।