भारतको वैष्णोदेवी मन्दिरमा भागदौड, केहीको मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: ANI

नयाँ दिल्ली । भारतको जम्मु कश्मीर राज्यमा पर्ने वैष्णोदेवी मन्दिरमा शनिबार भाडदौड हुँदा दर्शनका लागि पुगेका केही श्रद्धालुको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

नयाँ वर्षको पहिलो दिन मन्दिर दर्शन गरेका श्रद्धालुको भिड भएकै बेला भागदौड मच्चिएको हो । प्रहरीले उद्धारको काम भइरहेको जनाएको भारतीय संचारमाध्यम हिन्दुस्तानले जनाएकोृ छ ।

हिन्दुस्तानले भागदौडमा १२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । भागदौडको भिडियो सामाजिक सञ्जालमा पनि राखिएको छ । भागदौडका कारण धेरै श्रद्धालु दर्शन नगरि फर्कन बाध्य भएको बताइएको छ ।

ब्लॉक मेडिकल ऑफिसर डा.गोपाल दत्तलाई उद्धृत गर्दै हिन्दुस्तानले १२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । घटनामा मृत्यु हुने र घाइते हुनेको सहि तथ्यांक भने आइसकेको छैन् । जम्मू कश्मीरका प्रहरी प्रमुख डीजीपी दिलबाग सिंहले बिहान तीन बजे घटना भएको बताए ।

प्रहरीका अनुसार केही व्यक्तिबीच विवाद भएका धक्कामुक्की हुन थालेपछि भागदौड सुरु भएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us