अमेरिकामा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Thesun

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । यतिबेला सघन उपचार एकाइ (आईसीयू) मा ७८ प्रतिशत बेडहरू भरिभराउ छन् ।

जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा. जेम्स फिलिप्सले उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ । यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९ का घटनाहरू पाँच लाखभन्दा माथि छ ।

योसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्कअनुसार बिहीबारसम्म ७८ प्रतिशत आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२ प्रतिशत कोभिड-१९ का बिरामीहरू छन् ।

अन्य धेरै देशहरूजस्तै अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us