जापानले सिओईको म्याद फेरि बढायो
टोकियो । जापान सरकारले जारी गरिएका तथा जारी हुने सिओईको म्याद लम्ब्याउने भएको छ । योसँगै जापान आउने तयारी गरेर बसेकाहरुको पर्खाई अझै लम्बिने भएको छ ।
जापानको अध्यागमनका अनुसार सन २०२० को जनवरी १ बाट सन २०२१ को अक्टोबर ३१ सम्ममा जारी भएका सिओईहरुको म्याद अब सन २०२२ को अप्रील ३० सम्म पु र्याइएको छ । त्यस्तै सन २०२१ को नोभेम्बर १ बाट सन २०२२ को अप्रीलसम्म जारी गरिएका तथा जारी हुने सिओईहरुको म्याद भने जारी गरेको मितीले ६ महिना सम्म म्याद जारी रहनेछ ।
लामो समय कोरोनाको कारण बन्द भएर केहि समय अघि जापान आउनेहरुलाई सीमा खुल्ला गरेको जापानले फेरि ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम गर्न भन्दै नवप्रवेशीहरुको प्रवेश प्रतिबन्ध गरिरहेको छ ।
पछील्लो एक महिनाका लागि भनेर सीमा बन्द गरेको भएतापनि हाल जापान तथा विश्वका विभिन् मुलुकहरुमा फैलिरहेको नयाँ ओमिक्रोन भेरियन्टको कारण तत्काल पुनः सीमा खोलिहाल्ने संकेत देखिएको छैन ।