सुनखानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
खार्तुमा । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तीमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् ।
सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानको राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा रहको सो सुन खानीमा पुरिएर ८ जना घाईते भएका छन् ।
पुरिएका व्यक्तिको खोजी र उद्दारमा प्रहरीसँगै स्थानीय पनि खटिएका छन् । कम्पनीले सार्वजनिक गरेको एउटा तस्बीरमा खानीमा पुरिएका व्यक्तिको अन्त्यष्टिको लागि स्थानीयले चिहान खडा गरेका छन् ।
खानी भत्किएको विषयमा प्रहरीले थप अनुसन्धान गरेको छ ।