ब्राजिलमा भारी वर्षा : २० जनाको मृत्यु, ३५८ घाइते
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
ब्राजिल । ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।
यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ ।
वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।