एलोन मस्कका पूर्वकर्मचारीहरुले खोलेको रेष्टुरेन्टमा ४५ सकेन्डमा पिज्जा बन्छ !

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Google

वासिङ्गटन । कुनै समय विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्कको कम्पनी स्पेश एक्समा काम गर्ने तीनजना इन्जिनियरले अहिले एउटा यन्त्रमानव अर्थात् रोवोट रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएका छन् । त्यहाँ एउटा स्वादिलो पिज्जा प्रत्येक ४५ सेकेन्डमा तयार हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार ति तीनजना इन्जिनियरले सो पिज्जा बनाउने रोवोट मेसिनको निर्माण गरेका हुन् ।

स्टेल्लर पिज्जा नामक सो रेस्टुरेन्टमा अहिले २३ जना भन्दा बढी कर्मचारी कार्यरत छन् । अर्को रोचक कुरा के हो भने ति कर्मचारीहरु पनि कुनै बेला एलोन मस्ककै कम्पनीमा काम गर्ने गर्दथे । आगामी वर्षदेखि क्यालिफोर्नियाको लस एन्जेल्सस्थित सो रेस्टुरेन्टले ग्राहकहरुका लागि सेवा सुरु गर्ने भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us