कर छल्ने भारतीय व्यापारीको घरमा भेटियो १ अर्ब ५० करोड भारु, पैसा गन्न एक दिनभन्दा बढी लाग्यो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: dainikonline

भारतमा कर छली गर्ने एक व्यापारीको घरबाट प्रहरीले एक अर्ब ५० करोड भारु बरामद गरेको छ। पान गुठका तथा अत्तर व्यवसाय गर्ने पियुष जैनको घरबाट अवैध ठूलो परिणामको नगद फेला परेको हो।

भारतीय संचारमाध्यमका अनुसार यो ठूलो मात्राको रकम गन्नको लागि मेसिनबाट पनि एक दिनभन्दा बढी समय लागेको थियो।

कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले जैनको घरबाट उक्त परिमाणमा रकम बरामद गरेपछि यो घटनालाई ठूलो घोटाला र ठगीको संज्ञा दिइएको छ।

बिहीबार र शुक्रबार जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा छापा मारिएको थियो। अन्य ठाउँमा पनि पैसा लुकाइएको आशंकामा अहिले पनि छापा मार्ने काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us