समाजवादी प्रेस सङ्गठनको विशेष भेला पुस ५ मा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।

उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नेछन् ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई सङ्कुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

गत वर्ष पुस ५ गते तत्कालिन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर सङ्गठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal