‘राजु लामा नाइट’ दि स्पटेड डग बार्किङमा आगामी शनिवार

लन्डन । द भ्वाइस अफ किट्सका निर्णायक मण्डलका एक जना जर्ज राजु लामाले लण्डनको बार्किङमा सांगीतिक प्रस्तुति दिने भएका छन । बेलायत भ्रमणका क्रममा लण्डनमा रहेका चर्चित गायक लामाले बार्किङ अन्डरग्राउन्ड स्टेसन छेवैमा रहेको ‘गाउँले चुल्हो’मा आफ्नो सांगीतिक प्रस्तुति आगामी शनिवार दिन लागेका हुन् ।
दि स्पटेड डग बार्किङको प्रस्तुति ‘राजु लामा नाइट’ नाम दिएको सांगीतिक प्रस्तुतिलाई सामाजिक अभियन्ता दीपक श्रेष्ठले प्रचार प्रसार गरिरहेका छन । व्यवसायी समेत रहेका सामाजिक अभियन्ता श्रेष्ठले कोभिड संक्रमणबाट केही राहत पाएका नेपाली समुदायलाई मनोरन्जनका लागि सांगीतिक प्रस्तुती राखिएको जनाए । उनले नेपाली संगीतलाई माया गर्न आगामी शनिवार नोभेम्बर २० मा राजु लामा नाइटमा आइदिन सबैलाई आग्रह गरेका छन ।
अग्रिम टिकट दर २० पाउण्ड राखिएको छ भने ढोकामा २५ पाउण्ड राखिएको छ । सांगीतिक प्रस्तुतिका लागि चार बजे दिउँसो ढोका खोलिने छ भने कार्यक्रम ६ बजे सुरु गरिने आयोजकले बताए । मंगोलियन हार्टका राजु लामा नाइटलाई सिक्का व्याण्डले साथ दिने छ । सांगीतिक महोललाई डिजे हेम विष्टले तताउने गरि तयारी पुरा गरिएको आयोजक मध्येका एक श्रेष्ठले बताए ।
गत साता एचके नाइटका लागि संगीतकर्मी तथा गायकहरु लण्डन उत्रिएका थिए । उनीहरुले अल्डरसटमा एक सांगीतिक प्रस्तुती दिइसकेका छन ।
