लन्डनमा सुरु भयो ‘झोल मोमो,’ २०२६ भित्र १० वटा आउटलेट खोल्ने लक्ष्य

३ दिन अगाडि

डायस्पोरा नेपाल

लन्डन। बेलायतमा युवा उद्यमी विकास नेपाल तथा श्रीमती सुषमा शर्माले ‘द हिमालयन मोमो’ अन्तर्गत ‘झोल मोमो’ ब्रान्डको फास्ट फुड चेन सञ्चालनमा ल्याएका छन्। लन्डनको क्यामडेनबाट औपचारिक रूपमा सुरु गरिएको यो व्यवसायलाई फ्रेन्चाइज मोडलमार्फत विस्तार गर्ने योजना बनाइएको छ।

रेस्टुरेन्ट शैलीभन्दा भिन्न, छिटो र सरल सेवा दिने उद्देश्यले यो ब्रान्ड सुरु गरिएको नेपाल फुड का कार्यकारी निर्देशक बिकाश नेपालले बताए।  उनले हाल उक्त आउटलेट मोमो, मसला चिया र कुल्फी उपलब्ध रहेको बताए ।

खानाको क्षेत्रमा अस्कर पनि भनिने  बेलायतको प्रतिष्ठित ‘ग्रेट टेस्ट अवार्ड’  जितिसकेका मोमो, चिया र कुल्फीलाई यो कन्सेप्टमा समावेश गरिएको छ।

बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले शनिबार क्यामडेन टाउनस्थित बक्स पार्कमा रहेको  झोल मोमो आउटलेटको उद्घाटन गरे।  उनले मोमो जस्तो लोकप्रिय नेपाली खानालाई  बेलायतमा चिनाउन गरिएको प्रयासको प्रशंसा गरे।  उनले बेलायतमा रहेका नेपालीहरुको उद्यमशीलताको प्रशंसा गर्दै खानाको उच्च गुण स्तर र ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्न यो व्यवसाय सफल होस् भन्ने शुभकामना पनि दिए।

उद्यमी नेपालका अनुसार ५ देखि १० हजार पाउण्डको पुँजीमै नयाँ आउटलेट सुरु गर्न सकिन्छ र प्रतिफल पनि छिट्टै आउँछ।

एकजना व्यक्तिले सजिलै सञ्चालन गर्न सक्ने गरी प्रणाली तयार पारिएको र  कम्पनीले एक महिनाभित्रै सम्पूर्ण सेटअप मिलाइदिने पनि उनले जनाए।

फ्रान्चिजी कन्सेप्टमा  क्याम्डेनपछि अर्को महिना हेज र त्यसपछि टुटिङमा आउटलेट खोल्ने योजना रहेको, सन् २०२६ भित्र युकेमा १० वटा आउटलेट खोल्ने र त्यसपछि भारतमा पनि विस्तार गर्ने लक्ष्य  रहेको नेपालले  बताए।

क्यामडेन टाउनको झोल मोमो आउटलेटको प्रबन्ध संचालक रहेका युवा उद्यमी भूपेन्द्र बिष्टले स्थानीय ब्रिटिश ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीले झोल मोमोको ‘निःशुल्क स्याम्प्लिङ’ गराउने रणनीति लिएको छ। सेन्ट्रल लन्डनहुँदै  नेपाली स्वादलाई विश्वभर फैलाउने योजना रहेको पनि उनले बताए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us