‘इरो सुशी एल्थम’नयाँ ठाउँमा, उद्घाटनका दिन विशेष अफर

६ दिन अगाडि

डायस्पोरा नेपाल

लन्डन । बेलायतमा नेपाली उद्यमीहरूले व्यवसायिक सफलताको नयाँ मानक स्थापित गर्दै आएका छन्। यसैक्रममा नेपाली स्वामित्वमा सञ्चालित बेलायतको अग्रणी सुशी ब्रान्ड इरो सुशी (IRO Sushi) ले एल्थमस्थित आफ्नो इरो सुशी एल्थम शाखा लाई पुरानो स्थानबाट स्थानान्तरण गरी अझ ठूलो, आधुनिक र सुविधासम्पन्न नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याए को छ। नयाँ ठेगाना ७३ हाई स्ट्रिट, एल्थम, SE9 1UW रहेको छ, जहाँको औपचारिक उद्घाटन शनिबार, १५ अगस्ट दिउँसो १२ बजेदेखि हुने भएको छ।

उद्घाटनको अवसरमा कम्पनीले ग्राहकहरूका लागि विशेष अफर पनि घोषणा गरेको छ। कार्यक्रममा सहभागी हुने पहिला १०० जना ग्राहकले निःशुल्क सुशी प्राप्त गर्नेछन्। साथै, उद्घाटनको दिनभरि गरिने सम्पूर्ण अर्डरमा ‘OPEN25’ प्रोमो कोड प्रयोग गर्दा २५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।

एल्थम हाई स्ट्रिटमै रहेको आफ्नो अघिल्लो स्थानबाट केही मिनेटको दूरीमा रहेको पूर्व सान्टान्डर बैंक भवनमा स्थानान्तरण भएपछि ग्राहकहरूले अब अझ फराकिलो, आधुनिक र आरामदायी वातावरणमा इरो सुशीको सेवा लिन सक्नेछन्।

ताजा, गुणस्तरीय र प्रामाणिक जापानी सुशीका कारण छोटो समयमै बेलायती बजारमा छुट्टै पहिचान बनाउन सफल इरो सुशीका हाल बेलायतभर ३५ भन्दा बढी शाखाहरू सञ्चालनमा छन्।

इरो सुशीका संस्थापक छोङ शेर्पाले एल्थम शाखालाई ठूलो र सुविधासम्पन्न स्थानमा स्थानान्तरण गर्नु कम्पनीको विकास यात्राको अर्को महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले भने, “ग्राहकहरूको निरन्तर विश्वास, समर्पित टोलीको अथक मिहिनेत र हाम्रो फ्रेन्चाइज साझेदारहरूको साथबिना यो सफलता सम्भव हुने थिएन। एल्थममा अझ राम्रो सुविधा भएको नयाँ स्थानमा सेवा दिन पाउँदा हामी अत्यन्त उत्साहित छौँ। आगामी दिनमा पनि उत्कृष्ट स्वाद, उच्च गुणस्तर र उत्कृष्ट सेवामार्फत अझ धेरै समुदायसम्म पुग्ने हाम्रो लक्ष्य छ।”

त्यस्तै, कम्पनीका Operations Director सुल्तान ठाकुरले इरो सुशीको सफलतामा ग्राहक, कर्मचारी र व्यवसायिक साझेदारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बेलायतका अन्य क्षेत्रमा पनि सञ्जाल विस्तार गर्ने योजना रहेको बताए।

उनले भने, “हामी देशभर नयाँ स्थानहरूमा विस्तार गर्दै थप उद्यमीहरूसँग सहकार्य गर्न उत्साहित छौँ। इरो सुशीको सफल यात्रा अझ धेरै साझेदारसँग मिलेर अघि बढाउने हाम्रो लक्ष्य हो।”

कम्पनीले स्थानीय समुदायलाई उद्घाटन समारोहमा सहभागी भई विशेष अफरको लाभ लिन आग्रह गरेको छ।

यसैबीच, इरो सुशीले फ्रेन्चाइज मोडलमार्फत पनि आफ्नो व्यवसाय विस्तारलाई तीव्रता दिएको जनाएको छ। स्थापित र सफल ब्रान्डसँग जोडिएर आफ्नै सुशी व्यवसाय सञ्चालन गर्न चाहने उद्यमीहरूले कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक फ्रेन्चाइज साझेदारहरूलाई उपयुक्त स्थान छनोट, लगानी योजना, सञ्चालन प्रक्रिया, कर्मचारी तालिम, मार्केटिङ तथा व्यवसाय सञ्चालनका सम्पूर्ण चरणमा आवश्यक मार्गदर्शन र सहयोग प्रदान गरिने कम्पनीले जनाएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us