बेलायती मन्त्री मल्होत्रा नेपालमा
१० घण्टा अगाडि
डायस्पोरा नेपाल
काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएका छन् ।
उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आउनुभएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।
उनले शुक्रबार ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिबिआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) संस्थाका पदाधिकारीसँग भेटघाट गर्ने दूतावासले जनाएको छ ।
बिआईले नेपाललाई लगानी गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको छ ।
