चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ ।
अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो ।
दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् ।
महिलाको स्वतन्त्रतामा दमन गर्ने एक पछिल्लो कदममा अफगानिस्तानको तालिबान सरकारले शनिबार महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्था ९एनजीओ० मा काम गर्न प्रतिबन्ध लगाएको छ ।
चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।
उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ । उत्तरले एक वर्षदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरिरहेको छ ।
उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्नका लागि रुसको वाग्नर समूहलाई मिसाइल र रकेट आपूर्ति गरेको अमेरिकाले आरोप लगाएको छ ।
विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन ।
चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ ।