भारतको नयाँ निर्वाचन आयुक्तका रुपमा पूर्व कर्मचारी अरुण गोयलले सोमबार आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
इटालीका महिला सांसदलाई संसद् वहसका क्रममा आफ्ना शिशुलाई स्तनपान गर्ने अनुमति दिइएको छ । चेम्बर अफ डेपुटिजको नियम बनाउने समितिले यस्तो जानकारी दिएको हो ।
रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् ।
इरानमा प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्रका संस्थापक आयतोल्लाह रुहोल्लाह खोमेनीको पुर्ख्यौली घरमा आगजनी गरेका छन्।
रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी विजुली विहीन भएको र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले मध्यावधि चुनावपछि डेमोक्य्राटहरुले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी छिन् ।
तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन्।
युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिएका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तरवार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु (शिव रामा कृष्ण घट्टामानेनी)को मंगलबार हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ ।