अल्पकालीन आदेश खारेज : एनआरएनएको १० औं महाधिवेशन भोलीदेखि सुरु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

गैरआवासीय नेपाली संघ ( एनआरएनए) को १० औं महाधिवेशन अन्तर्गत मार्च २४ र २५ तारिख तोकिएको निर्वाचन रोक्न उच्च अदालत पाटनबाट जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ।

महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै २४ र २५ मार्चमा तय भएको निर्वाचन रोक्नुपर्ने मागसहित स्पेनका चिन्तामणि सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले रिट निवेदन दायर गरेका थिए। सोही निवेदनका आधारमा उच्च अदालत पाटनले तत्काल चुनावी प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

तर, चुनाव रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका सापकोटा र पुडासैनीले नै आन्तरिक रूपमा मेलमिलाप भइसकेको र महाधिवेशन प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरीराख्नु नपर्ने भनेर निवेदन दिएपछि मुद्दा खारेज भएको उच्च अदालत पाटनकी उप-रजिस्ट्रार अमृता शर्माले जानकारी दिइन।

अन्तरिम आदेशका कारण संघको २४ र २५ मा तय भएको निर्वाचन रोकियो। २६ र २७ मार्चमा हुने भनिएको महाधिवेशन शनिबारदेखि होटल हिमालयमा हुँदैछ। संघले रोकिएको निर्वाचन पनि महाधिवेशनमै गर्ने भएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us