युक्रेनमा बेलायतका दुई नागरिकलाई मृत्युदण्डको फैसला

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

तस्बिर : टेलिग्राफ दैनिक

रुस समर्थित भनिएको पूर्वी युक्रेनको एक अदालतले बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए । उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने जनाएको छ । बेलायतले आफ्ना नागरिकलाई दिइएको मृत्युदण्डको सजायप्रति चासो देखाएको छ ।

युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर आफूहरुले बारम्बार भनिरहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका एक प्रवक्ताले बताएका छन् । उनले जेनेभा महासन्धि अन्तर्गत युद्ध बन्दीलाई युद्धमा सहभागी भएकै कारण अभियोजन चलाउन नमिल्ने बताएका छन्।

यस्तै, बेलायती विदेशमन्त्री लीज ट्रसले अदालतको यो फैसलामा कुनै वैधानिकता नभएको र यो बनावटी निर्णय भएको बताउनु भएको छ। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us