पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट ‘एमबीई’ अवार्डद्वारा सम्मानित

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन । सगरमाथा आरोहणमा विश्व कीर्तिमान राख्न सफल नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् । बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ मा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो ।

पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्वार गर्नुका सन् २०१७ मा ८ हजार भन्दा माथिका हिमाल आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेपछि उत्कृष्ट पर्वतारोहीको रुपमा उनलाई सम्मान गरिएको हो ।

‘मलाई सहयोग गर्ने सम्पूर्ण व्यक्तिलगायत मेरो पुस्तक र वृत्तचित्र हेरेर साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु’ पूर्जाले सामाजिक सन्जालमा लेखेका छन् । उनले संसारकै दोस्रो अग्लो हिमाल के–टु जाडो याम (विन्टर सिजन) मा चढेका थिए ।
पूर्व गोर्खा सैनिक समेत रहेका म्याग्दीका निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व किर्तिमान बनाएका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us