चार देशमा हामीले गर्न खोजेको भन्दा फरक चुनावका कारण विवाद : डा. शर्मा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले ४ वटा देशमा संघले गर्न खोजेको र चाहेको भन्दा फरक चुनाव भएकाले विवाद बताएका छन । उनले कतिपय विवादहरु विधान व्याख्या समितिले निरुपरण गर्ने बताएका हुन् । डा. शर्माले संघ अब युवाहरुले चलाउने समय आएको बताए । एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र गैरआवासीय संघका भावी कार्यक्रमबारे शनिबार पत्रकारहरू सँगको अन्र्तक्रियामा डा. शर्माले संघका पुराना नेताहरू बढी राजनीतिक दल सँग आवद्ध भएका वा उनीहरुलाई गुहार्ने गरेकाले समस्या निम्तिएको दावी गरे ।

‘दोस्रो पुस्ता नेतृत्वमा आउन सकेको छैन । त्यसको मुख्य कारण चुनावी विकृति हो ।’ संघको अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले पत्रकार सँग गरेको अन्तरक्रियामा सहभागी डा. शर्माले कार्यशैलीका आधारमा अब एनआरएनए रुपान्तरणको प्रक्रि मा रहेको र त्यसका लागि वर्तमान कार्यसमितिले पहले गरेको बताए । ‘उप्रेन्द्र महतो, शेष घलेलगायत संस्थापक नेताहरू अब संघमा सक्रिय हुनुहुन्न । त्यसैले अब अर्को पुस्ता रुपान्तरित हुनैपर्छ ।’ विगतमा काठमाडौंमा चुनाव गर्ने र राजनीतिक हस्तक्षेप निम्त्याउने काम भएको भन्दै डा. शर्माले आगामी दिनमा त्यो रोकिनुपर्ने बताए । ‘हामी नेतृत्व भ्रममा प¥यौं । जसरी पनि चुनाव जित्नैपर्छ भन्नेमा लाग्यौं,’ उनले भने, ‘अब त्यस्तो भ्रमबाट मुक्त हुनैपर्छ । सदस्यता बढाउँदा विकृति आयो भन्दै त्यसलाई चुनावसँग जोडेर हेरियो । आफ्नै घरबाट आफ्नै डिभाइसमार्फत् चुनाव गराएको भए सदस्यता बढ्थ्यो । चुनावपनि निष्पक्ष हुन्थ्यो ।’

संघका हालका संरचनालाई थप चुस्त र पारदर्शी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । डा. शर्माले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विगतमा निकै मनोमानी हुने गरेको जनाउँदै यसपाली त्यस्तो हुन नदिएको बताए । ‘डेलिगेट कसरी छान्ने गरिन्थ्यो, जगजाहेर नै छ । विगतमा त्यसलाई चेक गर्ने कुनै संयन्त्र नभएका कारण यसपालिदेखि पारदर्शी हुनुपर्छ भनेर लागेका हौं ।’ उनले राष्ट्रिय संघमार्फत छनोट हुने ६५ प्रतिशत प्रतिनिधि जसले छाने उही हुने बताए । ‘डेटाबेस छ । कसैले झुक्काएको खण्डमा र प्रक्रिया अनुसार चयन नभएको खण्डमा हामी रद्द गरिदिन्छौं र गरिरहेका छौं ।’ उनले प्रतिनिधिको सूचीमा कोही छुटेको भए बखेडा नबनाउन आग्रह गर्दै विधानअनुसार नाम समावेश गर्न सकिने जनाए । उनका अनुसार ४३ देशमा सर्बसम्मत प्रतिनिधि चयन गरिएको र अन्य देशमा पनि विवाद नरहेको बताए ।

© 2022 All Right Reserved DiasporaNepal