मुम्बई ५२ रनले पराजित

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । वेंकटेश अय्यर र अजिंक्य रहाणेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रन जोडेर धमाकेदार ब्याटिङ गरेका थिए ।

जवाफमा मुम्बई इन्डियन्सका ब्याट्सम्यान असफल भए । इशान किशनले ४३ बलमा सर्वाधिक ५१ रन बनाए । तर रोहित शर्मा र तिलक वर्माले दोहोरो अंक छुन सकेनन् । कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए भने आन्द्रे रसेलले २ विकेट लिए । मुम्बई इन्डियन्सका ब्याट्सम्यानहरु पूरा २० ओभरसम्म विकेटमा टिक्न सकेनन् । यो जितसँगै कोलकाताको १२ खेलमा १० अंक छ । यो जितसँगै कोलकाताको प्लेअफ पुग्ने आशा कायमै छ ।

© 2022 All Right Reserved DiasporaNepal