बेलायतको स्थानीय निर्वाचनमा निर्वाचित नेपाली मुलका पाँच ब्रिटिश काउन्सिलरहरु

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन । बेलायतमा भएको स्थानीय निर्वाचनमा मैदानमा उत्रिएका नेपाली मूलका ब्रिटिस पासपोर्टधारी उम्मेदवारहरु मध्ये पाँच जना काउन्सिल पदका निर्वाचित भएका छन ।
प्राप्त समाचार अनुसार बेलायतभरका स्थानीय काउन्सिलहरुबाट उम्मेदवार बनेका दश जना उम्मेदवारमध्ये पाँच जना विजयी भएका हुन् । निर्वाचित पाँच मध्ये तीन जना काउन्सिलर पदमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलो पटक काउन्सिलर निर्वाचित भएका हुन् । निर्वाचित पाँच मध्ये तीन जना सत्तारुढ कञ्जरभेटिभ पार्टीका उम्मेदवार हुन् भने अरु दुई लेबर पार्टीका हुन् ।
लक्ष्यबहादुर गुरुङ पुन निर्वाचित
लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन निर्वाचित भएका छन् । एज्वेरबरी वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनी निर्वाचित भए।

कमल गुरुङ निर्वाचित
बार्नेट काउन्सिलमै पहिलोपटक काउन्सिलरका उम्मेदवार बनेका कमलबहादुर गुरुङले जितेका छन् । ब्रन्टोक वडाबाट उम्मेदवार बनेका उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।

विष्णुबहादुर गुरुङको ह्याट्रिक
लण्डन बोरो अफ हाउन्स्लोका मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भएका छन् । ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार रहेका उनी तेस्रो पटक निर्वाचित भएका हुन् । उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।

जीत रानाभाट

स्थानीय चुनावमा रोयल बरो अफ ग्रीनिचको प्लमस्टिड तथा ग्लेनडन वडाबाट जीत रानाभाट काउन्सिलरमा निर्वाचित भएका छन् ।
दक्षिण पूर्वी लण्डनमा पहिलो पटक रानाभाट काउन्सिलर भनेका हुन् । एनआरएनए युकेमा महासचिव पदमा पराजित भएका रानाभाट रोयल ग्रीनिच नेपाली सोसाइटीका अध्यक्ष पनि हुन् ।

डा. जगन्नाथ शर्मा

इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा पहिलो पटक उम्मेदबार बनेका डा. जगन्नाथ शर्मा पराजित भएका छन्। कन्जरभेटिभ पार्टीबाट उम्मेदबार बनेका उनले ग्रीन पार्टीका केभिन फोस्टर पराजित भएका हुन् ।

कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए।

स्थानीय निर्वाचनमा पराजित पाँच नेपाली मुलका ब्रिटिशहरु

सुमन पुन
रसमुर काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको उम्मेदवार रहेकी सुमन पुनले जित हासिल गर्न सकिनन् । कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेकी उनी करीव तीन सय मतले पराजित भइन् ।

भीम सारु
यसैगरी बेडवर्थ र ननिटन काउन्सिलमा बारपुल वडाबाट उम्मेदवार बनेका भीम सारु पनि जित हासिल गर्न चुकेका छन् । लेबर पार्टीबाट उम्मेदवार रहेका उनले कञ्जरभेटिभ पार्टीका उम्मेदवार सँग हारे खानु पर्यो ।

चित्रबहादु राना
मेजर रिटायर्ड चित्रबहादुर रानाले तेस्रो पटक काउन्लिसर पदमा पराजय भोगेका छन् । वोकिङ काउन्सिलको गोल्डसवर्थ पार्क वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनले लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार स्टेफेन ओडस सँग पराजित भए ।
ज्ञानप्रसाद गुरुङ
पुर्व गोर्खा ज्ञानप्रसाद गुरुङले स्वीण्डनको मेनिंगटन एण्ड वेस्टर्नबाट पराजय भोग्नु परेको छ । उक्त क्षेत्रबाट पहिलोपटक उम्मेदवार बनेका पूर्व गोर्खा गुरुङ कञ्जरभेटिभ पार्टीका उम्मेदवार भएर पनि पराजय भोग्नु परेको हो ।
संजय पन्त
लन्डनको वाटफोर्डमा सञ्जय पन्त काउन्सिलरमा पराजित भएका छन्। वाटफोर्ड बरोको होलीवेल वडामा कञ्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेका पन्तलाई लेबर उम्मेदवारले हराएका हुन् ।

© 2022 All Right Reserved DiasporaNepal