वेलायतको हल विश्व विद्यालयमा प्रा. सुवेदीको नाममा एक अन्तरराष्ट्रिय पुरस्कार स्थापना

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

वेलायतको हल विश्वविद्यालयमा प्रा सूर्य प्रसाद सुवेदी को नाममा एक अन्तरराष्ट्रिय पुरस्कार स्थापना गरिएको छ।आधुनिक प्रकारका दासता उन्मुलन र मानवको मानव भएर बाच्न पाउने अधिकारको संरक्षण सम्बन्धि बिषयमा संसारको कुनै पनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्बोत्कृष्ट कृतिलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्यसक बर्ष प्रदान गरिनेछ ।

करिव दुइ सय वर्ष आघि संसारभरी दास प्रथा उन्मुलन गर्न नेतृत्व गरेका वेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बर्फोर्स को नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बर्फोर्स इन्सटीच्युटले आयोजना गर्ने बार्षिक प्रतियोगिताबाट बिजेता छानिने उक्त पुरस्कार कानुन, राजनीतिशास्त्र, मानविकी आदि बिषयमा संसाको कुनै पनि विश्वविद्यालयबाट स्नातक गरेका तर चालिस बर्ष ननाघेका व्यक्तिले भाग लिन पाउने गरि स्थापना गरिएको हो ।
आफ्नो सम्मानमा उक्त विश्वविद्यालयमा यस्तो प्रतिष्ठित अन्तरराष्ट्रिय पुरष्कार स्थापना गरिएकोमा आफु गौरवान्नित भएको प्रा सुवेदीले बताए । विल्बर्फोर्स इन्सटीच्युटका निर्देशक प्रा ट्रेभर बर्नार्ड ले यो पुरष्कार स्थापना ले संसार भरिका यूवा प्राज्ञिक हरुलाई यस्ता विषयमा कलम चलाउनमा र प्रतियोगितामा भाग लिन प्रेरणा मिल्ने बताए। उक्त विश्वविद्यालयबाट  सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भै कानून मा स्नातकोत्तर गरेका प्रा सुवेदी लाई दुइ बर्ष अघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो सर्बोच उपाधि प्रदान गरेको   थियो।  
त्यसै गरि अक्सफोर्ड बाट सन् १९९३ मा विद्याबारिधि गरेका सुवेदीलाई तीन बर्ष अघि अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको   थियो र  गत बर्ष उनको नाममा उक्त विश्वविद्यालयमा कानूनमा सर्बोत्कृष्ट विद्यावारिधि को शॊध ग्रन्थ प्रस्तुत गर्ने व्यक्ति लाई दिइने बार्षिक पुरष्कार स्थापना गरेको थियो। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us