राज्य समन्वय परिषद् वेल्सद्वारा कार्यसमितिमा पाँच जना मनोनित

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


बेल्स । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत राज्य समन्वय परिषद् वेल्सका नव गठित कार्यसमितिले रिक्त पदहरु पुर्ति गरेको छ । भौतिक रुपमा आइतबार बसेको बैठकले कोषाध्यक्षमा विभूषणमान श्रेष्ठ, सहकोषाध्यक्षमा शोभा राणा पोखरेल, सदस्यहरुमा मेमराज न्यौपाने, रत्ना राई र श्रीराम थापा मगरलाई मनोनयन गरेको हो ।

बिज्ञप्ती

वेल्स ( ५ सेप्टेम्बर २०२१ आईतवारका दिन गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद् वेल्सका प्रमुख संरक्षक तथा राष्ट्रिय समन्वय परिषद् युकेका उपाध्यक्ष रामचन्द्र पोखरेलको आतिथ्यता तथा राज्य समन्वय परिसद् वेल्सका अध्यक्ष कृष्ण भन्डारीको अध्यक्षतामा राज्य समन्वय परिषद् वेल्सको २०२१ (२३ का लागि नव गठित कार्य समितिको पहिलो भौतिक बैठक सम्पन्न भएको छ । बैठकमा निम्न अनुसारको उपस्थितिमा निम्न अनुसारको छलफल तथा निर्णयहरु भए ।

उपस्थिती (
१. श्री राम चन्द्र पोखरेल (प्रमुख संरक्षक राज्य समन्वय परिषद् वेल्स तथा उपाध्यक्ष राष्ट्रिय समन्वय परिषद् युके
२. श्री कृष्ण भन्डारी (अध्यक्ष राज्य समन्वय परिसद् वेल्स)
३. श्री अमृत घले ( उपाध्यक्ष)
४. श्री दिपक सुब्बा ( सचिब_
५. श्री सन्जिब मैनाली ( सह-सचिब)
६. श्री विभूषणमान श्रेष्ठ ( कोषाध्यक्ष)
७. श्रीमती शोभा राणा पोखरेल ( सह-कोषाध्यक्ष)
८. श्री बलराम अधिकारी ( सदस्य_
९. श्रीमती रत्ना राई ( सदस्य)
१०. श्री अमर ध्वज मल्ल ( सदस्य
११. श्री भोजनारायण रेग्मी ( सदस्य
१२. श्री बिकास रानाभाट ( सदस्य
१३. श्री श्रीराम थापा मगर ( सदस्य

शोक प्रस्ताब पारितस्
राष्ट्रिय समन्वय परिसदका सल्लाहकार श्री बद्री प्रसाद योङ्याको पुज्यनिय स्व पिता श्री कृष्ण प्रसाद योङ्या तथा राज्य समन्वय परिसद वेल्स का सचिब श्री दिपक सुब्बा ज्युका ममतामयी माता स्व श्रीमती देउ माया लिम्बु ज्युको निधन प्रति दुख प्रकट गर्दै मृत आत्माको चिर शान्ति एवं बैकुण्ठ बासको कामना गर्दै कार्य समिति तथा सिंगो वेल्सको तर्फ बाट हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोक प्रस्ताब पारित गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समबेदना प्रकट गर्दछ।

छलफल तथा निर्णय १
२०२१ (२३ कार्यकालका लागि राज्य समन्वय परिसद वेल्सको कार्य समितिमा रिक्त रहेका पद पूर्तिका बिषयमा छलफल गरि निम्नानुसारको पद पूर्ति सर्ब सम्मत रुपमा पारित तथा मनोनित गरिएको छ।
श्री विभूषणमान श्रेष्ठ ( कोषाध्यक्ष)
श्रीमती शोभा राणा पोखरेल( सह -कोषाध्यक्ष)
श्री मेमराज न्यौपाने ( सदस्य)
श्रीमती रत्ना राई ( सदस्य)
श्री श्रीराम थापा मगर ( सदस्य)

छलफल तथा निर्णय २
राज्य समन्वय परिषद् ले भबिस्यमा गर्नु पर्ने जनमुखी कामका बारेमा बृहत छलफल गर्दै आगामी दुई बर्षको लागि भाबी कार्यक्रमको रुप रेखा (रणनीति) अझै शसक्त रुपमा तयार गरि आगामी बैठकमा प्रस्तुत गर्ने र त्यस अन्तर्गत कार्य गर्ने निर्णय भयो ।

छलफल तथा निर्णय ३
बैठकले वेल्सका बिभिन्न क्षेत्रमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम गरि आयोजना गर्ने, जनमानसमा उठेका बिषयहरुलाई टिपोट गर्ने र त्यस टिपोटका आधारमा जनमुखी कार्यक्रमहरु तय गर्ने निर्णय गरेको छ। क्षेत्रीय अन्तरक्रिया कार्यक्रम संयोजन गर्न निम्नानुसार संयोजक तोकिएको छस्
कुम्ब्रानरन्युपोर्ट ( श्रीमती रत्ना राई तथा ब्रेकनर आभारगाभेनी ( श्री मेमराज न्यौपाने, कार्डिफ र अन्य क्षेत्र ( श्री बलराम अधिकारी

छलफल तथा निर्णय ४
राज्य समन्वय परिसद वेल्सको सल्लाहकार चयनका सम्बन्धमा छलफल गरि निम्नानुसारको सल्लाहकार मण्डल सर्ब सम्मत पारित गरिएको छ।
रिटायर्ड मेजर श्री खुशिमान गुरुङ एमभीओ
श्री मोति पुन र
श्री निर लाल मोक्तान

धन्यवाद

दिपक सुब्बा
सचिब
गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स

© 2022 All Right Reserved DiasporaNepal