राजस्थानलाई शीर्ष स्थानमा उक्लने मौका

राजस्थानलाई शीर्ष स्थानमा उक्लने मौका

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।


आजको खेलमा जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको राजस्थान ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

यता दिल्ली आजको खेलमा सहज जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको दिल्ली ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । 

© 2022 All Right Reserved DiasporaNepal