राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग…

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग...

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे ।

२१८ रनको विजयी लक्ष्य पाएको कोलकाता १९ ओभर ४ बलमा २१० रनमा समेटियो । कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए । आरोन फिन्चले ५८ रनको योगदान गरे ।​ युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनायो ।​ राजस्थानका जस बटलरले ६१ बलमा बिष्पोटक ब्याटिङ गर्दै १०३ रन बनाए ।

© 2022 All Right Reserved DiasporaNepal