बेलायतमा बिस्केट जात्रा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लन्डन । बेलायतको दक्षिण पुर्वी लण्डनमा पहिलोपटक बिस्केट जात्रा मनाइएको छ । पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिड एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर नेवा समुदायका बृहत्त सहभागीतामा रहेको थियो । जात्रामा गुथीका स्वयंसेवकहरुद्वारा लन्डनमै निर्माण गरिएका भैरव र भद्रकालीको रथ तानिएको थियो । सुरुमा परम्परागत शैलीमा रथ तानेर लिंगो ठड्याइएको थियो भने पछि फेरि रथ तान्दै लिंगो ढालेर रथ जुधाइएको थियो ।
रथ तानिएपछि कम्युनिटी हलमा आयोजित नेवा मुना, ने सं ११४२ लाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले नेपालबाट यति टाढा आफ्नो देशको, क्षेत्रको, कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्नु उदाहरणीय भएको भन्दै प्रसंसा गरे।
साउथ इस्ट लन्डन र वेस्ट लन्डनको समूहले एक एकवटा रथ बनाएको थियो । रथ बनाउन तीन हप्ता अवधिमा झण्डै २ सय घण्टा बढी समय र करिब ४ हजार पाउन्ड खर्च भएको आयोजक पासा पुचः गुथी यूकेका अध्यक्ष ओजेश सिंहले बताए ।

बेलायतमा नेवाः कला संस्कृति, रितिथिति, परम्परा भेषभूषा, बाजागाजा, पर्व र जात्राहरु जगेर्ना गर्ने गुथिको उद्देश्य रहेको बिस्केट जात्रा लन्डन व्यवस्थापक एवं पासा पुचः गुथी यूकेले बतायो। नेवा मुनाको संयोजन पासा पुच गुथी साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा भैरव नाच, हुलां प्याखं, महिला तथा बच्चाहरुले समेत परम्परागत धिमे बाजा, ढां बाजा प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो ।

नयाँ वर्षको आगमनसंगै तान्त्रिक विधिबाट मनाइने परापूर्वकालदेखि चलिआएको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा लन्डनमा पनि निरन्तर गर्ने गुथीको योजना छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us