लण्डनमा ‘होली पुन्ही समारोह’
लन्डन । पासा पुच्च गुठी (पीपीजी) युके, लन्डनले गत १९ मार्च २०२२ मा एल्थोर्न पार्क र नेपाल अथेन्टिक डाइनिङ रेस्टुरेन्टमा ‘होली पुन्ही’ मनाएको छ । पीपीजी युके लन्डनले यो पहिलो पटक होली पुन्ही समारोह सार्वजनिक रुपमा आयोजना गरि मनाएको हो। दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको उक्त उत्सवमा करिब ४० गुठी सदस्यको उपस्थिति रहेका थिए ।
नेपालीहरुको पर्व होली मनाउनको लागि सदस्यहरू सुरुमा एल्थोर्न पार्कमा भेला भएका थिए। पीपीजी युके, लण्डनकी अध्यक्ष रुक्मणी मानन्धरले सबै सदस्यहरुलाई स्वागत गरेकी थिइन् । पासा पुच्ह गुठी युके, बोर्ड अफ ट्रस्टीज (बीओटी) का अध्यक्ष ओजेश सिंहले सो अवसरलाई जीवन्त बनाउन ‘धिमय’ बाजा बजाए। उपस्थित सबैले एकअर्कालाई अभिवादन र रंग साटासाट गरि होली पर्व मनाए । उक्त कार्यक्रममा उपस्थित नेपालीहरुले नेपाल अथेन्टिक रेस्टुरेन्टमा भेला भएर नेवा खाना ( ुसमये बजीु खाएका थिए ।
कार्यक्रमको समापन गर्नुअघि गुठीका उपाध्यक्ष सन्दीप श्रेष्ठले अप्रिल १० तारिखमा एशियन कम्युनिटी सेन्टर, प्लमस्टेड, लण्डनमा आयोजना हुने अर्को कार्यक्रम ‘नेवा मुना’ मा उपस्थित सबै सदस्यहरुलाई निमन्त्रणा गरे ।