बेक्स्ली नेपाली समाजमा २६ साता फिटनेस प्रशिक्षण

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन। दक्षिण पुर्वी लन्डनस्थित बेक्स्ली नेपाली समाजको अगुवाइमा २६ हप्ते फिटनेस प्रशिक्षण शुरु गरिएको छ । ‘स्टे फिटनेस फरइभर’ भन्ने नाराका साथ बेक्सली नेप्लिज् कम्युनिटीको संयोजनमा सञ्चालन भएको प्रशिक्षणको शनिबार बेक्स्ली बरोका मेयर जेम्स हन्ट र सांसद लुइ फ्रेञ्चले संयुक्त रुपमा उद्घाटन गरि प्रशिक्षण सुरु गरिएको हो ।

प्रशिक्षण स्थानीय ह्यारिस एकेडेमी हलमा हरेक साताको शनिबार २ घण्टा सञ्चालन हुनेछ। कार्यक्रम संचालनका लागि नेश्नल लट्रीबाट फन्ड प्राप्त समाजले जनाएको छ ।

प्रशिक्षणका लागि स्थानीय नेपाली समुदायका ६८ जना दर्ता गराइ सकेका छन् । उनीहरुलाई फिटनेस प्रशिक्षक रिना गुरुङ र गुर्भि आचार्यले प्रशिक्षण गराउनेछन् योग प्रशिक्षण सरिता शर्माले गराउनेछिन्।
मेयर हन्ट र विशेष अतिथि सांसद फ्रेञ्चले बेक्सली नेप्लिज् कम्युनिटीले फिटनेस प्रशिक्षण सञ्चालन गरेर स्वस्थ्य र शारीरिक रुपमा तन्दुरुस्त गराउने काममा लागेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।
कम्युनिटीका अध्यक्ष आनन्द धरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, निवर्तमान अध्यक्ष विजय गुरुङ लगायत स्थान समुदायका सदस्यहरु उपस्थिति थिए।

समाजका कोषाध्यक्ष दिपेन सिटौला र सचिव होमनाथ ज्ञवालीले नेश्नल लट्रीबाट फन्ड व्यवस्थापनका बारेमा जानकारी दिए । यो कार्यक्रम २६ हप्ता सम्म चल्दा पाइने प्रशिक्षणका बारेमा उनीहरुले बताए । अध्यक्ष धरेलले प्रशिक्षणको अवधारणालाई सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद दिए । महासचिव केदार थपलियाले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा मधुर मिश्र, उमेश गौतम र नारायण पन्बि, एम प्रसाई र विमला शर्मा, फोटोग्राफी गुणदेव घिमिरे, मिडियामा अहिल्या कुँवरले सहयोग गरे ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us