राजदुत आचार्यद्वारा पुर्व गोर्खा समस्या समाधान गर्न कुटनीतिक पहल सुरु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन । बेलायत र नेपालको दुइपक्षीय सम्बन्धलाइ आर्थिक विकासमा विस्तार गर्न नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बेलायतका विदेश तथा अन्तर्राष्ट्रिय विकास मन्त्री लर्ड अमहदसित भेटवार्ता गरेका छन् ।
बेलायतस्थित नेपाली राजदुतावासका अनुसार दुइ पक्षीय भेटवार्तामा पुर्व गोर्खा समस्या समाधान र बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणका बिषयमा छलफल भएको थियो । पुर्व गोरखा सैनिकहरुको समस्याका बारेमा पनि राजदुत आचार्यले कुरा राखेको दुताबास उपनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् । उनका अनुसार राजदुत आचार्यले नेपाल(बेलायतबीच व्यापार र लगानीका बारेमा पनि कुरा राखेका थिए ।

भेटवार्तालाई ट्वीट मार्फत सार्वजनिक गरिएको छ । बेलायतको दक्षिण एसिया हेर्ने मन्त्री अहमदले नेपाली राजदुतसितको भेटमा बेलायतको नेपालसितका प्रमुख प्राथमिकताका विषयहरु व्यापार लगानी, नेपालको जलवायु परिवर्तनविरुद्धको अभियान तथा गोरखा समस्याका बारेमा कुरा भएको ट्वीट मार्फत बताएका छन् ।

blank
blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us