बेक्स्ली नेपाली कम्युनिटीद्वारा एक साता चित्रकला कक्षा सुरु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

केन्ट । बेक्स्ली नेपाली समाज (विएनसी)ले बालबालिकाहरुलाई लक्षित गरि चित्रकला प्रशिक्षण कार्य सुरु गरेको छ । बेक्स्ली बरोको फाल्कनउडस्थित एक विद्यालयमा आइतबार चित्रकला कक्षा शुरू गरिएको हो। उक्त कक्षा गत आइतबारबाट सुरु भएको छ । स्थानिय नेपाली वालवालिकाका लागि कला कार्यशाला तथा प्रदर्शनीको उद्घाटन कार्यक्रममा ,डेभलपमेन्ट एलायन्स र बेस्कली नेपाली कम्युनिटी बिएनसी)ले वेलिंग ग्रीनग्रोसरी र टिके म्याक्स कम्युनिटी फन्डिङको आर्थिक सहयोगमा चित्रकला कक्षा संचालन गरिएको गरिएको विएनसीले जनाएको छ ।

उक्त चित्रकला कक्षाको उद्घाटन लण्डनस्थित नेपाली राजदूतावास युके डेपुटी चिफ अफ मिसन रोशन खनाल र सामाजिक अभियन्ता वासु शर्माले संयुक्त रुपमा उद्घाटन गरे । विएनसीका महासचिब केदार थपलियाले संचालनको कार्यक्रममा बोल्दै खनालले बेलायतमा जन्मिएर पनि नेपाली कला र सस्कृतिलाई जोगाउन चित्रकला मार्फत योगदान गर्न लागेकोमा खुशी व्यक्त गरिन् । सामाजिक अभियन्ता तथा साहित्य चौतारीका संस्थापक अध्यक्ष बासु शर्माले नेपाली वालकालिकाले रचनात्मक कार्यमा योगदान दिएको भन्दै आयोजकलाई धन्यवाद दिए । चित्रकला कक्षाका शिक्षिका रूरू लम्सालले कक्षा संचालनमा ल्याउन सहयोग गर्ने चित्रकला कक्षा संचालनका संयोजक दिपेन्द्र सिटैiलालाई धन्यवाद दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि खनाल र अतिथिहरुले चित्रकला कक्षा कक्षा र विएनसीद्वारा संचालन भैरहेको नेपाली भाषा कक्षाको भ्रमण र अवलोकन गरेका थिए ।

नेपाली दुतावासका प्रवक्ता समेत रहेकी खनालले नेपाली भाषा, कला र साहित्यको संरक्षणमा विएनसीले गरेको कामको प्रसंसा गरिन् । उनले वालवालिकाहरु सँग कुराकानी गरि नेपाली भाषाका अध्ययनका बिषयमा जानकारी लिइन् । खनालले वालवालिकाहरुलाई नेपाली राजदुतावा भ्रमणको निम्ता समेत दिइन् । विएनसीले संचालन गरिरहेको नेपाली कक्षाका संयोजक बिजेता गौतम ,शिक्षिका अहिल्या कुँवर र सरिता शर्माले विविध बिषयमा अतिथिहरुलाई जानकारी गराए । कार्यक्रममा बच्चाहरूले नेपाली राष्ट्रिय गान वाचन गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us