ज्ञानचन्द्र आचार्यद्वारा बेलायती राजदुतका रुपमा काम सुरु
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले जिम्मेवारी सम्हालेका छन । कतार एयरको उडानमार्फत् बुधबार बिहान बेलायत उत्रिएका राजदूत आचार्यले बुधबारबाटै कार्यभार सम्हालेका हुन् । लण्डनस्थित बेलायती राजदुतावासमा कार्यभार सम्हाल्दै यहाँस्थित नेपाली र विदेशी सेवाग्राहीलाई सजिलै दुतावासले सेवा उपलव्ध गराउने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको प्रवक्ता रोशन खनालले बताइन् ।
आचार्य दम्पतिलाई कार्यवाहक राजदूत रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले संयुक्त रुपमा स्वागत गरेका थिए ।
आचार्यको आगमनसंगै पछिल्लो ठीक चार महिनादेखि राजदूतविहिन बनेको लन्डनस्थित नेपाली दूतावासले नयाँ राजदूत पाएको छ ।
गत अक्टोबर २४ तारिखमा तत्कालिन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि कार्यवाहक राजदूतको रुपमा उपनियोग प्रमुख रोशन खनालले सम्हाल्दै आएकी थिइन् । गत बुधबारल राष्ट्रपति विध्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।