बेलायतमा कोरोना सम्बन्धी प्रतिबन्धहरु फेब्रअरीबाटै हटाउने घोषणा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
gettyimages


लण्डन । बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायती संसदमा ती प्रतिबन्धहरु हटाइने घोषणा गरेको बीबीसीले जनाएको छ । उनले फेब्रुअरीको अन्त्यमा कोराना भाइरसका प्रतिबन्ध हटाइने बताए ।
यसअघि सरकारले मार्चको अन्त्य साता तिर कोरोना सम्बन्धी प्रतिबन्धहरु हटाउने घोषणा गरेको थियो । करीव एक महिना अगावै उक्त प्रतिबन्धहरु हटाउने प्रधानमन्त्रीको घोषणालाई बेलायती संचार माध्येमहरुले आकस्किम निर्णय भनेर टिप्पणी गरे । कोरोना सम्बन्ध सबै प्रतिबन्धहरु सरकारले २१ फेब्रुअवरी बिहिबारबाट हटाउने घोषणा गरेको छ ।

जोनसनको घोषणालाई बेलायती संसदमा सबै सांसदहरुले स्वागत गरेका थिए । बेलायतमा ओमिक्रान संक्रमण पछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको विज्ञहरुको सुझावका आधारमा सरकारले सो निर्णय लिएको बताइन्छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us