पोर्चुगलमा ठकुरीको हृदयघातका कारण निधन
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
लिस्बन । केही महिना अघि मात्र पोर्चुगल आइपुगेका एक नेपाली युवाको हृदयघातबाट निधन भएकोछ । स्याङ्जा घर भएका २८ बर्षिय ठकुरी थरका युवाको हिजो शनिबार हृदयघातका कारण ज्यान गएको हो ।
ठकुरी विगत ४ महिनादेखि पोर्चुगलमा बस्दै आएका थिए । लिस्बनको एक ग्रील रेस्टुरेन्टमा काम गरिरहेको बेला उनलाई हृदयघात भएपछि लिस्वनको मार्तिमुनिजस्थित साओजोसे अस्पतालमा लगिएको थियो । हस्पिटल पुगेको केही समयपछि नै उपचारको क्रममा उनको निधन भएको जनाइएको छ । एक हप्ता भित्र नै दुई युवाको असामयिक निधनले पोर्चुगलको नेपाली समुदाय स्तब्ध बनेको छ ।